×

एमालेका कार्यक्रम बिथोल्न खोज्ने र निषेधको राजनीति गर्नेहरूलाई जवाफ दिन्छौ (पूर्णपाठ) -अध्यक्ष ओली

images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार हुनुको कारण केलाएका छन् । पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो सुनाएका हुन् । आफूहरुले ‘देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?’ यसो भन्दा आफूहरुमािथ प्रहार भएको उनको भनाई छ । उनले संविधान बनाउने अधिकार आफूहरुको हो भनेर भन्दापनि कतिलाई मन नपरेको र आफूहरुमाथि प्रहार भएको सुनाए ।

उनले भनेका छन्,‘मी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रमाथिको प्रहार र संविधानमाथिको आघातलाई परास्त गर्न सम्पूर्ण एमाले पंक्तिलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा खटिन निर्देशन समेत दिए। उनले एमालेका कार्यक्रम बिथोल्न खोज्ने र निषेधको राजनीति गर्नेहरूलाई जनताको बलमा जवाफ दिने चेतावनी समेत दिए। 

आइतबार बिहान साढे ७ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने बन्दसत्रले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

साढे ६ लाख पार्टी सदस्यमध्ये देशभरबाट छानिएका २२ सय ६२ जना एमाले प्रतिनिधिले अध्यक्ष एक, महासचिव एक, ३ उपाध्यक्ष, ३ उपमहासचिव र ७ जना सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्नेछन् । 

महाधिवेशनका लागि हालका सबै पदाधिकारी रहेको अध्यक्ष मण्डलमा रूपान्तरण भैसकेको छ । त्यस्तै महाधिवेशनको प्रस्ताव लेखन र माइन्युट लेखन समिति पनि गठन भएको छ । जसको जिम्मा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी समेत एमालेले गरेको छ । त्यसको परीक्षण शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा गरिएको थियो  ।

शनिबार २८ मंसिर २०८२ ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया