×

नेपाल प्रिमियर लिग - कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी एक जितमा सीमित

images

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ। लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णाली याक्सले प्लेअफमा आफ्नो सम्भावना बलियो बनाएको छ। ६ खेल खेलेको कर्णालीले ४ खेलमा जीत हासिल गरेको छ भने दुई खेलमा पराजित भएको छ।

कर्णाली याक्सले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २३ रन बनायो।

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए। यस्तै सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बीन जाफरले समान १६, अर्जुन साउदले १३ रन बनाए। कर्णालीका जिशन मक्शुदले ३ विकेट लिए। यस्तै सोमपाल कामी, विलियम बोसिस्टो, बिपिन शर्मा र नन्दन यादवले समान एक एक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे। यस्तै अर्जुन घर्तीले २५ रन बनाए। बाबर हायातले २० तथा चाडविक वाल्टनले १३ रन बनाए।

लुम्बिनीका तिलकराज भण्डारी र , बिकास आग्रीले समान दुई दुई विकेट लिए। यस्तै साद बीन जाफर, रेमन सिमण्ड्स र रोहित पौडेलले समान एक एक विकेट लिए। लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल हुनेछ । 

शुक्रबार​ २८ मंसिर २०८१ ०१:०५ PM मा प्रकाशित

प्रतिक्रिया