×

‘मेरो उम्मेदवारी बरिष्ठ उपाध्यक्षमा हो’ 

images

चुनावको तयारी कस्तो भइरहेको छ ? 
चुनावको तयारी राम्रो छ। हामीसंग एकदमै कम समय छ । त्यसैले पनि हामी तीव्र गतिले प्रचार प्रसारमा लागिरहेका छौं । समय सिमित भएतापनि हामी आम सदस्यहरुसँग उहाँहरुकै कार्यलयमा पुगी प्रत्यक्ष वा भेट्न नसके फोन, इमेलबाट सम्पर्क गरिरहेका छौं । 

 

बारिष्ठ उपाध्यक्ष पदमा आफनो उम्मेदवारी दिनुभएको छ जित्छु भन्नेमा कतिको आशावादी हुनुहुन्छ ? 
मैले अध्यक्षको उम्मेदवारीलाई यसपटक थाती राखेर व्यवसायिक रुपमा सफल र म भन्दा अग्रज साथै बिभिन्न कामहरु मार्फत व्यवसायीमाझ स्थापित अध्यक्षका उम्मेदवार राम प्रसाद सापकोटा (कमल) ज्युलाई सहयोग गर्ने निर्णय गरेकी छु। हाम्रो राम्रो टीम  तयार हुने गरी मैले बारिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएकी हु । हामीहरु सदस्य कम्पनीहरुको कार्यालयमा पुग्दा उहाँहरुको सदस्यता र सकरात्मक प्रतिक्रियको आधारमा हामीहरु  बिजयी हुनेमा कुनै शंका नभएको महशुस भयो । 


तपाईको उम्मेदवारीको प्रमुख एजेण्डा के हो ? 
अहिले हाम्रो मुल एजेण्डा भनेको कोभिड पछि पर्यटन पुनः आगमनलाई कसरी अझ सशक्त र समय अनुकुल बनाउने भन्ने नै हो । त्यो संगसंगै सदस्य एजेन्सीहरुलाई सहयोग पुग्ने प्रत्यक्ष फाइदा हुने कामहरु गर्ने र टानमा कसरी व्यवसायिहरुको हितको लागि ससक्त आवाजहरु उठाउने भन्ने हो ।  यो कुरालाई हामी सशक्त र निरन्तर रुपमा स्थापित गराउने भन्नेमा नै केन्द्रित छौं ।  ट्रेकिङ व्यवसाय र राज्यसँग सम्बन्धित निती नियमहरुसँग जोडिएका अन्य थुप्रै कुराहरु पनि हाम्रो एजेन्डामा छन । 

 

कतिभयो पर्यटन क्षेत्रमा लाग्नुभएको ?
म २००७ देखी ट्रेकिङ पर्यटन व्यवसायमा लागेकी हुँ । अहिले टानको महसचिव छु । यो क्षेत्रमा सक्रिय भएर लागेको १५ वर्ष जति भयो ।

 

डिजिटल युग बनाउँछु भन्नुभएको छ, सम्भव देख्नुहुन्छ ?
मैले माथी नै भनिसके म अहिले पनि महासचिव छु । हामीले हाम्रो वेभसाइट अद्धावाधिक गरिसकेका छौ । विवरणहरु अनलाइनमा राख्ने र सकेसम्म सदस्य कम्पनीले टानसम्म आउन नपर्ने र समय परिस्थिती मिलाउन मिल्ने खालको बनाउने कोशिसमा छौं ।  डिजिटल समयको माग पनि हो । हामीले टानलाई पेपर रहित बनएर सकेसम्म सबै जस्तो सेवाहरु अनलाइनबाट नै डिजिटल प्रविधीबाट नै उपलव्ध गराउने प्रयासमा हामी लागिपरेका छौं ।   
 

शनिबार २८ साउन २०७९ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया