×

रुसले युक्रेनमा गरेको आक्रमणमा परी २३ दिनकी नवजात शिशुसहित ६ जनाको मृत्यु

images

दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । 

रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताउनुभएको छ । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जनामारिएका उहाँले बताउनुभएको छ । 

खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भएपनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताउनुभएको छ । 

गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन । गतवर्षको सेप्टेम्बरमा खेरसन रुसको नियन्त्रणमा आएको दावी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो । 

आइतबार​ २८ साउन २०८० ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया