×

पानीमा राजनीति नगर्नुहोस्- मन्त्री खान 

images


काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पानी जस्तो सम्वेदनशिल विषयमा राजनीति नर्गन अपिल गरेका छन् । सोमबार काठमाडौंमा आयोजित, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १५ औं बार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले राजनीति गर्न धेरै ठाँउहरु रहेको भन्दै पानीमा भने राजनीति नर्गन सबैलाई अपिल गर्नुभयो । 

पार्टीको नाममा राजनीतिको नाममा पानीमा राजनीति हुनुहुँदैन् । राजनीति गर्न थुप्रै स्थलहरु छन् तर पानीमा राजनीति कसैले नगरौं ।  अहिले हामीले रिङरोड भित्र पानी वितरण गरिरहेका छौं । पानीमा आवद्ध भएका क्षेत्रहरु एक जुट हुनुपर्छ । ’ मन्त्री खानले पानीको समस्या सबै मिलेर समाधान गर्न 
सकिने उनको भनाई छ

सोमबार १ फागुन २०७९ ०४:५० PM मा प्रकाशित

प्रतिक्रिया