काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरेका छन् । ‘उहाँले राजीनामा बुझाएर जानुभएको छ,’ सञ्चारमाध्यमसँगकाे कुराकानीमा रिजालले भनेका छन्, ‘२७ मंसिरबाट लागू हुनेगरी राजीनामा बुझाउनुभएको छ ।’थानीले राजीनामाको कारण भने नखुलाएको मन्त्री रिजालले बताएका छन् ।
राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। तर, उनी कार्यकाल सकिनु १५ महिना अगाबै जिम्मेवारीबाट बाहिरिएका छन् ।
प्रतिक्रिया