×

सुन तोलाको २१ सयले घट्यो

images

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३१७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३१७० मा कारोबार भएको थियो ।

बुधबार २७ कात्तिक २०८२ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया