सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय सिओन्ग चांगी रहेका छन् ।
प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र सिओन्ग चांगीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया