×

युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

images

काठमाडौँ । नेपालले युएईलाई एक रनले पराजित गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । 

यस अघि टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५१ रन बनाए भने कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुब पराशरले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालको सुपर सिक्समा ४ अंक भएको छ । अब नेपालले अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने छ । 

 

आइतबार​ २६ असोज २०८२ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया