×

निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष ओली

images

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ । 
    
नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”

एमाले सरकारमा जानका लागि नभइ मुलुकलाई बर्वादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले जनताको सद्भाव र एकताका लागि निर्वाचनमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी निर्वाचनमा जान लागेको उहाँको भनाइ छ ।

 शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो । 

 उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले निर्वाचनजित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

सोमबार २७ भदौ २०७९ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया