×

आमरण अनशन बस्दै गाेविन्द केसी

images

काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका छन् ।  आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको   जानकारी उनका सहयोगी समूहले दिएको छ । । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् ।  सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्नेछन् । स्थान भने खुलाइएको छैन ।

डा. केसीले यसपालिको अनसनमा स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने जस्ता मागहरू छ । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।  तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन् । 

सोमबार २७ भदौ २०७९ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया