उरुग्वेलाई यू-२० विश्वकपको उपाधि
काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ ।
अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले
निर्णायक गोल गरे ।रोड्रिगेजले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो ।उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो । एजेन्सी
प्रतिक्रिया