×

प्रीन्स र रसिला एशियन गेम्सका लागि छनोट

images


काठमाडौं। प्रीन्स दाहाल र रसिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औ एशियन गेम्सका लागि छनोट भएका छन्  ।

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन ।

बैकल्पिक खेलाडीमा पुरुष तर्फ बिष्णु कटुवाल र महिला तर्फ अनुमाया राई छनोट भएका छन् ।चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो ।

एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ । कोरियाको इन्चोनमा भएको १७ औ र इन्डोनेसियामा भएको १८ औ एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनल सम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएका छौ ।

तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले हामी टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौ – अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।
खेलाडीको स्तरलाइ हेर्दा प्रीन्स जुनियर तर्फ विश्व नम्बर एक रहिसकेका छन ।

यस्तै रसिला जुनियर युगल तर्फ बिश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का  सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए ।

सोमबार २९ जेठ २०८० ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया