×

नेपालको एक दिवसीय मान्यता कायमै 

images

 

काठमाडौं । नेपालले आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ ।

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार युएईलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मायन्ता कायमै राखेको हो । 
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले पराजित नेपालले यो जितसँगै २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको हो ।

पहिले व्याटिङगर्दै नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो । युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा असओन्था भाल्थापाले १४ रन बनाए । कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २ सय ४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए । 

दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहित पौडेलले भिम सार्कीले अर्धशतकीय साझेदारी गरेका थिए । ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो । 

युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २÷२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान एकेक विकेट लिए ।  


 

आइतबार​ २८ फागुन २०७९ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया