×

यही गठबन्धनले अब एमालेलाई ठीक ठाउँमा ल्याउँछौं- माननीय जिवनराम श्रेष्ठ

images

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५ वडा पाटी कार्यालयको उद्घाटन पार्टीको केन्द्रीय सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का माननीय जिवनराम श्रेष्ठले गर्नुभयो । 

प्रमुख प्रमुख अतिथि माननीय श्रेष्ठले अहिलेको गठबन्धन यो संविधान जोगाउन बनेको हो । यो संविधानलाई जोगाउन गठबन्धन निरन्तर रहन्छ । गठबन्धन भत्काउने एमालेको चाहना  स्थानीय चुनावमा होस् अथवा प्रतिनिधि सभाको चुनावमा होस् यो गठबन्धनको सरकार रहन्छ । यही गठबन्धनले नै अब एमालेलाई ठीक ठाउँमा ल्याउँछौं ।

यसको सुरूवात राष्ट्रीय सभामा देखिसकेको छ । १९ सितमा १८ सित गठबन्धनले जितेको छ । अब केपी ओलीको सपना यही गठबन्धनले चकनाचुर पार्ने निश्चिन्त छ । कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य सागर नेपाल, काठमाडौं माहानगपालिकाका प्रबक्त एवं १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले बोल्नुभएको थियो ।


उद्घाटन कार्यक्रमको सभापति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५ वडा कमिटीका अध्यक्ष राजा शाक्य र संचालन पार्टीका जिल्ला सदस्य एवम् पार्टी ईञ्चार्ज राजेन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

शनिबार २९ माघ २०७८ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया