×

गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्ष बिहिन,भोलि फरि बस्ने

images

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो । 

बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’

आइतबार​ २६ भदौ २०७९ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया