×

"बिमिस्टेक ब्यापार पाँचौ सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान

images

 

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं  शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति

मन्त्री रमेश रिजाल भारत प्रस्थान गर्नु भएको छ । 
सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ  ।नेपालमा लगानी भित्र्याउने तथा ब्यापार प्रवर्दन लगायतका बिषयमा मन्त्री रिजालले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो ।  तेस्रो बिमिस्टेक ब्यापार सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो । 

तिन दिने "बिमिस्टेक ब्यापार सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनु हुनेछ । 
 

आइतबार​ २८ जेठ २०८० ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया