काठमाण्डौ ( नेपाल टेलिकमले ‘फोरजी’ सेवा आउँदो बि स २०८० को सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । अब १४ वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको
टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाका सात सय ३९ पालिकामा सेवा विस्तार भएको छ। अति विकट क्षेत्रका १४ पालिकामा
सेवा पुर्याउन बाँकी छ । यी क्षेत्रमा पनि विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ ।सुगमदेखि दुर्गम र विकट ठाउँमा एउटै मूल्यमा
दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्यअघि बढाएको थियो । टेलिकमले पहिलो पटक काठमाण्डौ र
पोखरामा २०७३ साल पुस १७ गतेदेखि फोरजी सेवा सुरु गरेको थियो।
प्रतिक्रिया