×

 म्यानचेस्टर र न्युकासल लिगकपको अन्तिम चारमा

images

लन्डन । म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेडले मंगलबार लिगकपको सेमिफाइनल यात्रा तय गरेका छन् । यसका लागि म्यानचेस्टरले मार्कस रसफोर्डको दुई गोलको मदतले चार्ल्टनलाई ३–० ले हरायो । न्युकासलले पनि सेमिफाइनल प्रवेशका लागि लेस्टर सिटीलाई २–० ले पराजित गर्न सफल रह्यो ।

शनिबार ओल्ड ट्रायफोर्डमा हुने डर्बी खेलमा म्यानचेस्टर सिटीको सामना गर्ने हुँदा व्यवस्थापक एरिक टेन हागले धेरै जोखिम उठाउन चाहेनन् र उनले यस खेलका लागि युवा टिम उतारेको थियो । म्यानचेस्टरले एन्टोनीको गोलले अग्रता लिएयता खेलको अन्त्यतिर रसफोर्डले दुई गोल गरेका हुन् ।

न्युकासल भने सन् १९७६ यता पहिलो पटक लिगकपको सेमिफाइनल पुगेको हो र एडी होको टिम ५४ वर्षयता पहिलो उपाधिको पर्खाईमा छ । उसका लागि लेस्टरविरुद्ध डन बर्न र जेलिनटनले गोल गरे । प्रतियोगिताका अन्य क्वाटरफाइनलमा बुधबार पेप ग्वार्डिओलाको सिटीले साउथह्याम्पटन र नटिङघम फरेस्टले उल्भ्सको सामना गर्दैछ । 

बुधबार २७ पुस २०७९ १०:१९ AM मा प्रकाशित

प्रतिक्रिया