काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिना पराजित भएको छ ।
बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा इनर भलेन्सियाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा इक्वेडरका मोइस काइसेडो र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रातो कार्ड पाएपछि दुवै देश १०-१० खेलाडीमा सिमित भएका थिए ।
त्यस्तै दक्षिण अमेरिकी विश्वकप छनौटमा बुधबार बिहान नै भएको खेलमा बोलिभियाले ब्राजिललाई १-० ले पराजित गर्दै विश्वकप छनौटको इन्टरकन्टिनेन्टल प्लेअफमा छनौट भएको छ ।
योसँगै दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना शिर्ष स्थानमा र इक्वेडर दोस्रो स्थानमा रहदै विश्वकपमा छनौट भएका छन् । त्यस्तै कोलोम्बिया, उरुग्वे, ब्राजिल र पराग्वे पनि विश्वकपका लागि छनौट भएका छन् ।
प्रतिक्रिया