काठमाडौँ । पोर्चुगलले विश्वकप छनौट अन्तर्गत हंगेरीमाथि जित हासिल गरेका छन् । गएराती सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, बेर्नार्डो सिल्भा र जोआओ कान्सेलोले एक एक गोल गरेका थिए । त्यस्तै हंगेरीका लागि बारनाबास भार्गाले दुई गोल गरेका थिए ।
यो जितपछि पोर्चुगलले युरोपको विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ । समुह एफ मा रहेको पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको २ खेलमा एक अंक मात्र रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया