×

ललितपुर महानगरले चाडपर्व खर्चको रूपमा ज्येष्ठ नागरिकलाई बर्सेनि १० हजार रुपैयाँ दिने

images

ललितपुर महानगरपालिकाले ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन वर्षको १० हजार रुपैयाँ भत्ता दिने भएको छ । 

ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सजिलो होस् भनेर वर्षमा एक पटक एकमुष्ट १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी १० हजार रुपैयाँ दिन लागिएको उहाँले बताउनुभयो । 

ललितपुर महानगरपालिकामा ७० वर्षमाथिका झन्डै सात हजार ज्येष्ठ नागरिक रहेका छन् । सात हजार जनालाई १० हजार रुपैयाँका दरले रकम दिँदा महानगरको सात करोड रुपैयाँ खर्च हुनेछ । 

यसैगरी बिरामी पर्दा उनीहरूकाे सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने तयारी गरेको पनि महर्जनले बताउनुभयो ।  

बुधबार २५ साउन २०७९ ०५:२७ PM मा प्रकाशित

प्रतिक्रिया