×

नासा सेक्यूरिटीजले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक बापत बार्षिक २ करोड ३६ लाख दिने

images

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ । नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् ।

नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै नासा सेक्युरिटीजसँग यो सम्झैता तीन बर्षको हुने पनि खड्काले जानकारी दिए । 

आजै अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज खेल्न जाने नेपाली टिमलाई क्यानले बिदाइ गर्ने समेत कार्यक्रम रहेको छ ।

 

आइतबार​ २६ साउन २०८२ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया