काठमाडौं । माओवादी घटकहरुको संयुक्त बैठक जारी छ ।विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरु
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन् । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बसेकोे हो
सो बैठकमा सशस्त्र द्वन्द्वकालीन मुद्दा तथा सङ्क्रमणकालीन न्यायको बारेमा छलफल भईरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको
माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा,
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी
समाजवादीका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया