×

क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

images


काठमाडौँ, २५ पुस :  जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

     न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।  ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

     अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
–––

बुधबार २५ पुस २०८० ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया