×

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे सुदन गुरुङ

images

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष  हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो। यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए । सरकार र जेनजीबीच सम्झौता गत साता नै गर्ने भनिएपनि ढिलाइ हुँदै आएको बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । 

गुरुङसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सचिवालय सदस्य कुमार बेन पनि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

नेपाल जेनजी फ्रन्टले २३ र २४ भदौमा भएको जेनजी विद्रोहका माग, जनभावना र राजनीतिक सन्देशलाई संस्थागत रूप दिन तयार गरेको ९ बुँदे विस्तृत सम्झौतापत्रको मस्यौदा २५ कात्तिकमा सरकारलाई बुझाएको थियो ।

मङ्गलबार २४ मंसिर २०८२ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया