×

नेपाल स्कटल्यान्डसँग सजिलै पराजित

images

काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिकोणत्मक सिरिजको बिहीबारको खेलमा नेपाल स्कटल्यान्डसँग सजिलै आठ विकेटले पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा नेपालको ब्याटिङ फेरि एकपल्ट खराव रह्यो ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले दुई विकेट गुमाएर १६.५ ओभरमा पूरा गरेको थियो । त्यसमा क्रिस्टोफर म्याकब्रिडले ४६ तथा जर्ज मुन्सीले ४५ रन बनाए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा अलआउट हुँदै १ सय १९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडलले बनाएको ४७ रन नै सर्वाधिक रह्यो ।

यस्तै सोमपाल कामीले १६ रनको योगदान दिए । यो नतिजापछि स्कटल्यान्डको ३२ खेलबाट ४६ अंक भएको छ । नेपाल भने २४ खेलबाट १६ अंकमा छैटौं स्थानमा रहेको छ । 
 

शुक्रबार​ २३ मंसिर २०७९ ०७:५५ AM मा प्रकाशित

प्रतिक्रिया