×

दुई विधेयक प्रमाणीकरण

images

मकवानपुर, २३ कात्तिक : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

बिहीबार २३ कात्तिक २०८० ०६:५८ PM मा प्रकाशित

प्रतिक्रिया