×

कमल थापालाई टिकट दिएको विरोधमा पार्टी कार्यालयमा ताला

images

हेटाैँडा। प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् । एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले आइतबार बिहानबाट पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् । 

२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा  एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिबार) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।


 

आइतबार​ २३ असोज २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया