×

भाद्र २४ शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । बिश्वास गरेकाबाट धोका हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौशला जस्ता कुराहरुमा बृद्दी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नु पर्छ । कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । समाजमा प्रतिभाको कदर हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीत लिङ्गीबाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधा अडचन आउने छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काममा माता पिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । धर्म कर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ ।

 

शुक्रबार​ २४ भदौ २०७९ ०७:०१ AM मा प्रकाशित

प्रतिक्रिया