काठमाडौं । खेलको अन्तिम मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले यूईएफए नेसन्स लिगमा स्कटल्यान्डलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफको सातौँ मिनेटमा नै स्कट एमसी टोमीनेको गोलमा स्कटल्यान्डले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा पुनरागमन गर्दै नेसन्स लिगमा जित दर्ता गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल बराबरीमा आएको थियो। खेलको ८८ औँ मिनेटमा रोनाल्डोले गोल फर्काएपछि पोर्चुगलको जित पक्का भएको थियो। पोर्चुगलको जितमा रोनाल्डोले आफ्नो करियरको ९ सय १ गोल गरे।
यता स्कटल्यान्ड भने इतिहासकै खराब लयबाट गुज्रिरहेको छ। स्कटल्यान्ड पछिल्ला ८ महत्वपूर्ण खेलमा जितविहीन छ। गएराति कै समूह ४ को खेलमा स्पेनले स्वीटजरल्यान्डमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो । खेलको २० औँ मिनेटमा रोविनले नोर्मान्ड सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि स्पेन १० खेलाडीमा सिमित भएको थियो।
प्रतिक्रिया