×

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

images

डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमवारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ । 

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो । 

उहाँले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । 

यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आउनुभएको हो । झन्डै २७ वर्ष शिक्षण अस्पतालमा काम गर्नुभएका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको छ । 

मङ्गलबार २४ साउन २०७९ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया