×

चुनावको दिन देशभर वर्षा हुने प्रक्षेपण, आवश्यक पूर्वतयारी गर्न सुझाव

images

काठमाडौं । मौसमविद्हरूले पालिका चुनावको दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बङ्गलाको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न मौसमविद्हरूले सुझाएका हुन् । 

पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले ’आसानी’ नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए । यस आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

वैशाख ३० गते पालिका चुनावको दिन पानी पर्ने पूर्वननुमान गरिएकै समयमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए । 

जलवायुविद् डा. उप्रेतीले चुनवाको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिए ।

सोमबार २६ बैशाख २०७९ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया