×

इन्डियन प्रिमियर लिग- चेन्नाईको दोस्रो जित

images

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दोस्रो जित हात पारेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा चेन्नाईले मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि अजिक्या रहाणेले २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओपनर ऋतुराज गायकवाडले ३६ बलमा ४० रन बनाए । दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रहाणेले ८२ रनको साझेदारी गरेका थिए । शिवम दुबे २६ बलमा २८ तथा अम्बाती रायुडू २० रनमा अविजित रहे ।

मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित ३२ रन बनाउँदा टिम डेविडले २२ बलमा ३१ रन बनाए । तिलक बर्माले २२ रन बनाउँदा कप्तान तथा ओपनर रोहित शर्माले १३ बलमा २१ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ तथा मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २-२ विकेट लिए । सिसान्डा मंगलाले १ विकेट लिए । तेस्रो खेलमा दोस्रो जित हात पारेको चेन्नाई १० टोली सहभागी प्रतियोगिताको चौथो स्थानमा रहेको छ । दुई खेलमा अंकबिहिन मुम्बई भने आठौं स्थानमा रहेको छ । एजेन्सी

आइतबार​ २६ चैत २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया