×

स्वार्थी सहकार्य राष्ट्र हितमा छैन्  अहिले हाँसेकाहरु केही दिनपछि रुन थाल्छन्-- एमाले नेता बाँस्कोटा 

images


नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले,  उद्देश्य सहितको सहकार्य नभई स्वार्थी सहकार्यले देशलाई निकास नदिने बताएका छन् । 

राष्ट्रपतिमा भोट खसालेपछि संचारकर्मीसंग उनले पार्टीहरुले पनि च्याखे दाउको राजनितिलाई निरन्तर दिएर त्यसमा रमाएको र त्यसले देशलाई निकास नदिने टिप्पणी गरे ।

उनले भने ‘एउटा संबैधानीक पदहरुमा अहिले रमाउनु भएको दुई महिना पछि रुनुहुन्छ । किन भने त्यहा सत्ता छ उदेश्य छैन जति कम सिट लिएर आयो त्यति सताको चाबी

समायो  यो नियति हो बारम्वार दोहोरीन्छ ।  आज एउटाको काधमा राखेर वन्दुक पडकाउनेले भोली अर्कोको काधमा राखेर बन्दुक पडकाउन सक्छन् ।’ 

आफुहरुले केही नगुमाएको बताएका उनले आफुहरु निरास हुनुपर्ने कुनै आवश्यकता नभएको बताए। उनले भने ‘हामीले केहि गुमाएका छैनौ कसैलाई मेन्डेट छैन नि

सर्वसाधरणले कुनै पनि दललाई त चाहिँ सता साझेदारी होस है भनेर मेन्डेड दिएको छ र ? काउसो राजनीति नगरौ ।’

बिहीबार २५ फागुन २०७९ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया