×

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

images


काठमाडौं । जनता समाजवादी पार्टीले, रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति

बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनले भने ‘ जसपाको संसदीय दलको नेता

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ ।’ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय

गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

बिहीबार २५ फागुन २०७९ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया