×

खेलकुद राष्ट्र र राष्ट्रियतालाई माथी उठाउने माध्यम हो- सभामुख घिमिरे

images

काठमाडौ । सभामुख देवराज घिमिरेले खेलकुद, शारिरीक तथा मानसीक विकासका लागि मात्रै नभई राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने माध्यम हुनुपर्ने बताएका छन् ।
विहिबार १३ औ सार्वजनिक संस्थान खेलकुद प्रतियोगीताको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले, खेलकुदले मानिसको शारिरीक र मानसिक विकासका साथै राष्ट्रलाई चिनाउने माध्यम भएको बताएका हुन् ।

खेलकुद मानिसका लागि अति आवश्यक भएको बताउँदै उनले यसका माध्यमबाट राष्ट्रलाई माथि उठाउन भूमिका खेल्नुपर्ने बताए। 

‘खेलकुदले हाम्रो सारीरीक मानसीक विकास मात्र नभएर राष्ट्र र राष्ट्रियतालाई माथी उठाउने माध्यम र शरिरलाई स्वस्थ वनाउनका लागी चाहिने अति आवश्यक चिज भित्र खेलकुद पर्छ ।’ उनले समाज विकासमा हिजोको दिनमा शारिरीक श्रमको भूमिका धेरै भएपनि अब विस्तारै मानसिक श्रमको आवश्यकता बढेको टिप्पणी गरे । 
 

बिहीबार २६ माघ २०७९ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया