×

बेनी जोमसोम सडकको ठाउँठाउँमा टाईम कार्ड

images

जोमसोम  राष्ट्रिय गौरवको बेनी(जोमसोम सडक अन्तर्गत ठाउँठाउँमा टाईम कार्ड लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत पुस १० गते पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म र गत माघ ६ गते म्याग्दीको महभिरदेखि नौनी बगरसम्मको सडकमा टाईम कार्ड लगाईएको थियो। बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङ बेनी(जोमसोम सडकको काभ्रेभीरमा बिस्फोटक पदार्थ प्रयोग गरी रक कटिङ गर्न टाईम कार्ड लागू गरेको जनाएको छ।

म्याग्दी प्रशासनले मालढुङ्गा(बेनी सडकमा बिहान १० बजेदेखि साझ ५ बजेसम्म टाईम कार्ड लगाएको थियो भने महभीरदेखि नौनी बगर सडकको अर्को स्थानमा माघ १० गतेदेखि २९ गतेसम्मका लागि बिहान ८ बजे देखि ११ बजे र दिउँसो १ बजे देखि ४ बजेसम्म सडक बन्द हुने जनाएको थियो। कालिगण्डकी करिडोरको सिफारिसमा म्याग्दी प्रशासनले सडक स्तरोन्नतिलाई तीव्ररुपमा अघि बढाउनुपर्ने भन्दै टाइम कार्ड लागू गरेको थियो।

यस्तै पछिल्लो पटक बुधबार मुस्ताङ प्रशासनले पनि बेनी(जोमसोम सडकको अर्को स्थानमा टाईम कार्ड लागू गरेको छ। आयोजना अन्तर्गत मुस्ताङको घासादेखि काभ्रेभीर लगायतका स्थानमा बिस्पोटक पदार्थ प्रयोग गरी सडक चौडा गर्न रक कटिङ गर्नुपर्ने भएको भन्दै फागुन १ गतेदेखि १५ गतेसम्मका लागि टाईम कार्ड लगाईएको जनाएको छ। जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सडक आवागमन पूर्ण रुपमा रोक लगाउने जनाएको छ। तर उक्त खण्डमा यसअघि रक कटिङ गरी सडक चौडा गर्ने कार्य भइरहेको  भएपनि टाईम कार्ड लागू गरिएको थिएन। यसअघि बेनी(जोमसोम सडकमा टाइम कार्ड लागु नहुँदा सडक स्तरोन्नति कार्यमा बाधा पर्दै आइरहेको थियो। म्याग्दी प्रशासनका अनुसार बेनी(जोमसोम सडकको काभ्रेभिरमा माघ १० गतेदेखि माघ २९ गतेसम्मका लागि दैनिक ६ घण्टा सडक आवागमन बन्द गर्ने गरी टाइम कार्ड लगाइएको हो। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यात्रु वर्गलाई आवागमनमा मर्का नपर्ने गरी टाईम कार्ड लगाईएको जानकारी दिए। राष्ट्रिय गौरवको बेनी(जोमसोम सडक ३ स्थानमा अलगअलग टाईम कार्ड लगाईपछि मुस्ताङ आउजाउ गर्ने पर्यटक र स्थानीयलाई सास्ती हुने देखिएको छ।

आर्थिक वर्ष २०७३र०७४ सालदेखि बेनी(जोमसोम(कोरला सडक आयोजना सुरु गरिएको थियो। बेनी(जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम(कोरला ११० किमी ७ खण्डमा काम भइरहेको थियो। कमजोर धरातलीय संरचनाका कारण प्राकृतिक विपद्ले बेनी–जोमसोम खण्ड बर्सेनि स्तरोन्नति कार्यमा बाधा पुग्ने गरेको छ।

राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत जोमसोम–कोरला ९५ प्रतिशत भौतिक प्रगति हुँदा बेनी–जोमसोम खण्डमा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको हो।

बुधबार २६ माघ २०७८ ०५:१९ PM मा प्रकाशित

प्रतिक्रिया