काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पाँचौं खेल बर्षाले रद्ध भएपछि भारतले सिरिज २-१ ले जितेको छ ।
शनिबार पाँचौ खेल भारतले ४.५ ओभरमा ५२ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल रद्ध गरिएको थियो । यो खेल रद्ध भएपछि सिरिज भारतले २-१ ले जितेको छ ।
यस सिरिजको पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो र चौथो खेल भारतले जितेको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो ।
अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज २-१ ले जितेर, भारतले आफ्नो एकदिवसीय हारको बदला लिएको छ । यस अघि खेलिएको तीन खेलको एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले नै जितेको थियो ।
प्रतिक्रिया