×

दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा, सरकारी कर्मचारीको तलब काटिने

images

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । 

उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । 
सरकारी कर्मचारीको तलब काटिने

भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार तलब कट्टाका लागि सम्बन्धित कार्यालयहरूलाई मन्त्रालयमार्फत जानकारी गराइसकेका छ ।

बुधबार २२ कात्तिक २०८० ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया