×

रूसी आक्रमणमा परी १२ जना घाइते

images

दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय  राजधानीलाई फिर्ता लिएको थियो । तर दक्षिणी शहर रूसी आक्रमणको निशानामा नै रहेको थियो । 
 
रूसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताउनुभएको छ । आक्रमणमा एघार जना गम्भीर घाइते भएको तथा २७ बर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उहाँले बताउनुभयो । 

उहाँले गरेको पोष्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्ण रूपमा क्षति भएको देखिन्छ ।
  
घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ बर्षीय चिकित्सक भएको र उहाँलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ ।  

आतङ्कवादी रणनीति भनेको रूसले विश्वास गर्ने बिषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहाकार इन्ड्रि एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताउनुभएको छ । 

आइतबार​ १४ असोज २०८० ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया