×

कांग्रेसका उपसभापति खड्कालाई कोरोना संक्रमण

images

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

 कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्काले घरमै आराम गरिरहेका छन् ।

सोमबार २३ साउन २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया