×

मेस्सी निलम्बित खेलमा पीएसजीको जित

images


काठमाडौं । लियोनल मेस्सी निलम्बित भएको खेलमा लिग वानमा पीएसजीले जित निकालेको छ । आईतबार राति पीएसजीले ट्रोयजमाथि ३–१ को जित निकालेको हो ।

मेस्सी निलम्बित भएपछि मैदान उत्रिएको पीएसजीले ट्रोयजलाई दबाबमा राखेको थियो । केलियन एमबाप्पेले आठौं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । भिटिन्हाले दोस्रो हाफमा पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८३ औं मिनेटमा जावियर चवेलरिनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । लगत्तै फाबियन रुइजले पीएसजीका लागि गोल गर्दै जित सुनिश्चित गराएका थिए ।

पछिल्ला ६ खेलमा तीन हार ब्यहोरेको पीएसजीले जित आत्मसात गरेको हो । पीएसजीलाई कीर्तिमानी ११ औं पटक लिग उपाधि उचाल्न अब ७ अंकमात्र चाहिएको छ ।

पीएसजीले दोस्रो स्थानको लेन्ससँग ६ अंकको स्पष्ट अग्रता बनाएको छ । ट्रोयस २२ अंक सहित तालिकाको १९ औं स्थानमा रहेको छ । एजे

सोमबार २५ बैशाख २०८० १०:११ AM मा प्रकाशित

प्रतिक्रिया