×

मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्षमा ताला

images



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्ना प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन्।महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्मचारी नियुक्तिको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाई उनको राष्ट्रियसभागृहस्थित कार्यकक्षमा आज सोमबार ताला लगाएका हुन् ।

उक्त विषयलाई लिएर मेयर साहले आफ्ना सचिवालय प्रमुख नूरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई पनि निलम्बन गरिएको थियो। त्यसपछि केही दिन बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुनः कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाउन निर्देशन दिएको बताइएको छ। राष्ट्रियसभा गृहमा प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ।
 

 

 

सोमबार २३ पुस २०८० ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया