×

युभेन्ट्स अगाडि बढ्दै रियललाई धक्का

images

पेरिस । युरोपेली क्लब फुटबलमा अहिले सबैभन्दा लयमा रहेको टिम रहेको छ, युभेन्ट्स । उसले इटालीको सिरी ए मा शनिबार लगाता आठौं जित निकालेको छ । उता स्पेनी ला लिगामा भने रियल म्याड्रिड पराजित रह्यो र यसले उसको शीर्ष स्थानमा उक्लने अवसरमा धक्का पुगेको छ । युभेन्ट्सले युडिनेजीलाई १–० ले पराजित गरेको हो ।

ब्राजिली खेलाडी डानियाले खेल सकिन चार मिनेट अगाडि गरेको गोल नै निर्णायक रह्यो । नेपोली ४१ अंकमा शीर्ष स्थानमा छ । युभेन्ट्स चार अंकको दूरीमा दोस्रोमा छ । रियलले सिजनको दोस्रो हार सामना गर्नेक्रममा भिल्लारियलसँग २–१ ले पराजित रह्यो । रियल र बार्सिलोनाको समान ३८ अंक रहेको छ ।

अर्कोतर्फ इंग्लिस फुटबलको लिग वानको टिम सेफिल्ड वेनसडेले एफएकपमा शनिबार ठूलो स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा न्युकासल युनाइटेडलाई २–१ ले हराएको छ । न्युकासल प्रिमियर लिगको तेस्रो स्थानमा छ । तर यही क्लबविरुद्ध जोस विन्डासले सेफिल्डका लागि दुई गोल गरे र सम्झनालायक जित निकाले । 

आइतबार​ २४ पुस २०७९ ०८:०१ AM मा प्रकाशित

प्रतिक्रिया