×

संवैधानिक परिषद्‌को बैठक आह्वान

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्‌को बैठक बोलाएका छन्। परिषद्‌को अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार बैठक बोलाएका हुन्। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की रोलक्रममा अगाडि छन्। यसअघि वैशाख ६ गते बसेको उक्त बैठकमा प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मँ ओलीले पहिले संसदीय सुनुवाइ समिति गठन गरेर मात्रै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने अडान राखेका कारण कुनै निष्कर्ष निस्केको थिएन ।

आइतबार​ २४ बैशाख २०८० ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया