×

भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते

images


काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।

गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो । हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ।राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

दंगामा १ सय भन्दा बढी घाइते भएका छन् । दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ । ५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ । कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् ।

मणिपुरको बहुसंख्यक समुदायले राजधानी इम्फाल भन्दा बाहिर जग्गा जमिन तथा घर किन्न पाउने गरी विधान सभाले कानून बनाएको थियो । त्यस पश्चात अल्पमतमा रहेको जनजाति समुदाय विरोधमा उत्रिएपछि हिंसा भड्किएको थियो । एजेन्सी

आइतबार​ २४ बैशाख २०८० १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया