काठमाडौं । सरकारबाट जारी न्यूनतम साझा कार्यक्रम कार्यन्वयनको सम्वन्धमा छलफल गर्न आज(शुत्रवार) मन्त्रीपरिषद् बैठक बसेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान ९ बजेदेखि मन्त्रीपरिषद् बैठक जारी छ ।
बैठकमा सरकारबाट जारी न्यूनतम साझा निती तथा कार्यक्रम कार्यन्वयनका सम्वन्धमा मन्त्रीपरिषद्मा सहभागि मन्त्रीहरुसँग छलफल हुँदैछ । मन्त्रीसँग कार्यक्रमको जिम्मेवारी बाँडफाँडका सम्वन्धमा पनि छलफल हुँदैछ । सरकारले बिहीवार निती तथा कार्यक्रम सार्वजनिक गरेको थियो । सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकारको
न्यूनतम निती तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । त्यसबोहक, बैठकमा समसामयीक अन्य बिशेष बस्तुका सम्वन्धमा पनि छलफल हुँदैछ । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टले मन्त्रीपरिषद् बैठक बिहान ९ बजेदेखि जारी रहेको बताए ।
प्रतिक्रिया