×

माओवादी पृष्ठभूमिका नेता प्रधानमन्त्री निवास बालुवाटारस्थित संयुक्त बैठकमा

images


काठमाडौं । माओवादी पृष्ठभूमिका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । विभाजनपछि माओवादी पृष्ठभूमिका नेता एउटै बैठकमा सहभागि भएको यो पहिलो घटना हो । 

द्धन्द्धकालिन घटनालाई लिएर सर्बोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएदेखि माओवादी पृष्ठभूमिका नेता एकै ठाउँमा आएका छन् । बैठकमा द्धन्द्धकालिन मुद्या, बेपत्ता पारिएकाहरु तथा द्धन्द्ध पीडितका सन्दर्भमा छलफल हुँदैछ । 

बैठकमा माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालसहित सीपी गजुरेल, डा. बाबुराम भट्टराई, खड्गबहादुर बिश्वकर्मा, धर्मेन्द्र बास्तोला, आहुती, कर्णजीत बुढाथोकी लगायतका नेता सहभागि छन् । बैठकमा सकेसम्म पार्टी एकता र नभए मोर्चागत एकता गर्ने बिषयमा पनि छलफल हुँदैछ ।

आइतवार पनि माओावादी पृष्ठभूमिकानेता कार्यकर्ता एउटै मञ्चमा सहभागि भएर एकजुट हुने पर्ने धारणा सार्वजनिक गरेका थिए । कार्यक्रम  शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले आयोजना गरेको थियो । 
 

मङ्गलबार २३ फागुन २०७९ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया