×

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा

images

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचाँै ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ । 

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक÷एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो । 

त्यसपछि खेलको ६७औँ मिनेटमा विवेकले आत्मघाती गोल गरे पनि हिमालयन २–१ ले विजयी भयो । प्रतियोगिताअन्तर्गत मङ्गलबारको खेलमा लिग विजेता मच्छिन्द्र क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अब हिमालयन सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने बताइएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेता टोलीले रु १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टोलीले जनही नगद रु २५ हजार प्राप्त गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले रु १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विद्यार्थीका लागि रु १०० र अन्यका लागि रु १५० टिकट दर राखिएको छ ।

सोमबार २३ फागुन २०७८ ०९:४९ PM मा प्रकाशित

प्रतिक्रिया